site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मिटरब्याजपीडितको आन्दोलनमा बाबुरामको ऐक्यबद्धता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा पुगेर भट्टराईले मिटरब्याजपीडितको आन्दोलनमा पूर्ण समर्थन रहेको बताएका हुन् ।

भृकुटीमण्डपबाट र्‍यालीसहित भद्रकाली पुगेका उनले गरिब, निमुखालाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घरजग्गा कब्जा गर्ने क्रम रोकिनुपर्नेेमा जोड दिए ।

उनले मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने माग गरे । माग पूरा नगरिए नयाँ ‘विद्रोह’ गर्नुपर्ने अवस्था आउन सक्ने नेता भट्टराईले बताए ।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत ६ बुँदे मागसहित उनीहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्