site stats
बाह्रखरी :: Baahrakhari
देश
अनलाइबाट ५० लाख रुपैयाँ ठगी, चार युवा पक्राउ

काठमाडौं । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । चार जनाको समूहले ४९ लाख ५८ हजार ८०० रुपैयाँ ठगी गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ का आदित्य कुमार सिंह, सोही ठाउँका सिद्धार्थ कुमार सिंह, बारा कलैयाका राम सेवक राम र वीरगन्ज महानगरपालिका–१५ का आकाश साह छन् ।

उनीहरूले जामजाम इलेक्ट्रोनिक नामक फेसबुक पेज बनाएर विभिन्न ब्रान्डका महँगा मोबाइलहरू सस्तो मूल्यमा बिक्री गर्ने भन्दै पीडितलाई विभिन्न बैंक खाताहरूमा रकम पठाउन लगाएर ठगी गरेको खुलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध पाँच जनाले उजुरी दिएका छन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्