site stats
बाह्रखरी :: Baahrakhari
देश
नाबालिगको फोटो दुरुपयोग गरेको आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नाबालिगको फोटो दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सिन्धुपाल्चोकको चौताराका २२ वर्षीय सुमन खत्रीलाई नियन्त्रणमा लिएको हो ।

एक नाबालिगको फेसबुकबाट फोटो डाउनलोड गरेर चरित्र हत्या हुने खालका सामग्री पोस्ट गरेको उनीमाथि आरोपमा छ ।

पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्