site stats
बाह्रखरी :: Baahrakhari
देश
अधिकतम तापक्रम कतै घट्यो, केही ठाउँमा बढ्यो : कहाँको कति ?
काठमाडौंको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा केही दिनयता तापक्रम बढ्ने क्रम जारी छ । शनिबार बदली, वर्षा र हिमपात हुँदा कतिपय स्थानमा भने अधिकतम तापक्रम घटेको छ ।

शनिबार सबैभन्दा बढी तापक्रम जनकपुरमा मापन गरिएको छ । यस दिन जनकपुरको अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानमुान महाशाखाले जानकारी गराएको छ । महाशाखाका अनुसार, शुक्रबार जनकपुरको अधिकतम तापक्रम ३१.४ डिग्री सेल्सियस थियो ।

यस दिन विराटनगर र धरानको समान २८.९, सिमराको २८.८, भैरहवाको २८, पोखराको २५, धनकुटाको अधिकतम तापक्रम २४.९ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार विराटनगरको २८.३, सिमराको २८.१, भैरहवाको २८.२, पोखराको २५.२, धनकुटको अधिकतम तापक्रम २३.२ डिग्री सेल्सियस थियो ।

शनिबार दिपायलको अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाका अनुसार, शुक्रबार दिपायलको अधिकतम तापक्रम २९.६ डिग्री सेल्सियस थियो ।

यस्तै, डडेलधुराको अधिकतम तापक्रम ८.९ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार डडेलधुराको अधिकतम तापक्रम २२ डिग्री सेल्सियस थियो ।

धनगढीको अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार धनगढीको अधिकतम तापक्रम २८.७ डिग्री सेल्सियस थियो ।

वीरेन्द्रनगरको अधिकतम तापक्रम १७.८ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार वीरेन्द्रनगरको अधिकतम तापक्रम २८.५ डिग्री सेल्सियस थियो ।

शनिबार काठमाडौंको अधिकतम तापक्रम २३.३ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस थियो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ । शनिबार बेलुका सार्वजनिक २० स्थानको अधिकतम तापक्रमको विवरणमध्ये जनकपुरको सबैभन्दा बढी हो ।

शनिबारको तापक्रमको विवरण–

s1-1709388270.jpg
 

शुक्रबारको तापक्रमको विवरण–

f1-1709388296.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्