site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री र पाँच पूर्वप्रधानमन्त्री एकै मञ्चमा 
भरतपुर महानगरपालिकाको भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको पूर्वसन्ध्यामा निकालिएको र्‍यालीमा प्रधानमन्त्रीसहित अन्य नेताहरू । तस्बिर : रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पाँच पूर्वप्रधानमन्त्री एकै मञ्चमा देखिएका छन् । चितवनको भरतपुर महानगरपालिकाको भ्रमण वर्ष २०२४ को कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू एकै ठाउँमा देखिएका हुन् । चितवनको नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम जारी छ । 

समारोहमा प्रधानमन्त्री प्रचण्डका साथै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी उपस्थित भएका हुन् । यस्तो दृश्य बिरलै देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताहरू एकै ठाउँमा उभिएको दृश्य कमै देख्न पाइने टिप्पणी गरे । 

“आजको भव्य उपस्थिति आफैँमा एउटा राम्रो सन्देश बन्न सक्नेछ । बिरलै देखिने देशका शीर्ष नेताहरू एउटै मञ्चमा, वास्तवमा यो नेपाली जनताले अत्यन्तै कम गर्ने दृश्य हो,” लामिछानेले भने । एमाले अध्यक्ष ओली भने कार्यक्रममा सम्बोधन गरेर बिदा भइसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्