site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौंका यी स्थानमा जानेछ आज बिजुली

काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रमा आज विुद्य्त सेवा अवरुद्ध हुने भएको छ । गोंगबु र सामाखुसी फिडरबाट विद्युत सेवा वितरण भएका क्षेत्रमा आज बिजुली उपलब्ध हुने छैन । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार गोंगबु, सामाखुसी र टाउनप्लानिङ क्षेत्रमा आज बिजुली जानेछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

हिजो (फागुन १६ गते) देखि यही फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो । 

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध गर्नु परेको हो । 
Capture-1709166471.png
 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ०६:१३
प्रतिक्रिया दिनुहोस्