site stats
बाह्रखरी :: Baahrakhari
खेल
करणले दिलाए नेपाललाई पहिलो विकेट
फाइल तस्बिर ।

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका करण केसीले पहिलो विकेट लिएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले छैटौँ ओभरको अन्तिम बलमा विकेट लिएको हो । करणले नामिबियाका माइकल भान लिन्गेनलाई गुल्सन झाबाट क्याच गराए । 

जारी खेलको सात ओभर समाप्त हुँदा नामिबियाले एक विकेट गुमाएर ४० रन बनाएको छ । 

ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित शृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्