site stats
बाह्रखरी :: Baahrakhari
देश
‘महानगर स्वयंसेवक’का निम्ति आवेदन खुला 

काठमाडौं । काठमाडौं महानगरपालिकाले १४० महानगर स्वयंसेवक (सिटी भोलेन्टियर)का निम्ति आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो ।

आवेदकमा छनोट भएका स्वयंसेवकले हप्तामा दुई दिन समय दिनुपर्छ । यो कार्यक्रमअन्तर्गत बालबालिका र वातावरण स्वयंसेवकका निम्ति १०० र सम्पदामा युवा र बालबालिका कार्यक्रमका निम्ति ४० स्वयंसेवक लिन लागिएको हो ।

बहुपक्षीय साझेदारीमा काम गर्न यो महत्त्वपूर्ण प्लेटफर्म हुने महानगरको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाको भनाइ छ ।

स्वयंसेवकका निम्ति आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा माग गरिएका विवरण भर्नुपर्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्