site stats
बाह्रखरी :: Baahrakhari
देश
ग्यास सिलिन्डर पड्किएर बारामा एक जनाको मृत्यु, पाँचजना घाइते

बारा । ग्यास सिलिन्डर पड्किएर बाराको निजगढ नगरपालिका–५ का ४५ वर्षीय रेशम मगरको मृत्य भएको छ ।

सोमबार मध्याह्न १२ बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारस्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार ग्यास सिलिन्डर पड्किँदा घाइते भएका निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ का ३४ वर्षीय फिरोद देवान, सोही ठाँउ बस्ने २० वर्षीया ऋतु रजत, भारतको गवाईका ३५ वर्षीय राकेश जयसवाल र भारतको रामघडवाका २० वर्षीय अरविन साहको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  २३:००
प्रतिक्रिया दिनुहोस्