site stats
बाह्रखरी :: Baahrakhari
देश
लघुवित्तपीडित संसद् भवनभित्र : छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति 

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेको घटनाबारे छानबिन गर्न समिति बनेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनाएको हो । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

चारैतर्फ तैनाथ गरिएको सुरक्षा घेरा तोडेर सोमबार पीडित संसद् भवन छिरेका थिए । त्यसरी भित्र छिरेकाहरूमध्ये ४८ जना महिला र एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्