site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महासमिति बैठक : अझै सुरु भएन बन्दसत्र

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र अझै सुरु भएको छैन । मंगलबार बिहान ९ बजेदेखि बन्दसत्र सुरु हुने भनिएको थियो ।

तर, बिहान पौने ११ बजेसम्म बैठक सुरु भएको छैन । मञ्चमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का बसेर बन्दसत्रमा प्रस्तुत गरिने प्रतिवेदन अध्ययन गरिरहेका छन् ।

अरू प्रतिनिधिले पनि आफूले प्राप्त गरेका प्रतिवेदन अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्