site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको बैठक आइतबार

काठमाडौं । समाजवादी मोर्चाको बैठक आइतबार (भोलि) बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका संगठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न आइतबार बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा बैठक बोलाइएको हो ।

सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे बैठकमा छलफल गरिने एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । मोर्चाको नेतृत्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् । रासस
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्