site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीको नाम कोकिली प्रदेश राख्न नागरिक उन्मुक्तिको माग

विराटनगर । नागरिक उन्मुक्ति पार्टीेले कोसी नाम अमान्य भन्दै पहिचानका आधारमा कोकिली प्रदेश बनाउन माग गरेको छ ।

इलामको चुलाचुली गाउँपालिका–४, आइतबारेमा बसेको सचिवालय बैठकबाट कोसी प्रदेशविरुद्धका आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय समेत गरिएको छ ।

कोसी खारेजसँगै पहिचान झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामकरण गरिनुपर्ने पार्टीले माग गरेको छ । यो नामबारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरूसँग निरन्तर छलफल गर्ने निर्णय गरिएको पार्टीका महासचिव ठाकुरसिंह थारुले जानकारी दिए ।

यस्तै, ०८१ मा हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनबारे छलफल गरी पार्टीका तर्फबाट उमेदवारी दिनेलगायत निर्णय गरिएको थारुले बताए । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  २१:००
प्रतिक्रिया दिनुहोस्