site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

Argakhachi Cement Island Ad

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

काठमाडौंको मौसम आज सफा रहने विभागले जनाएको छ । हिजो दिनभर बदली रहेको काठमाडौंको मौसम आज सफा हुने विभागको भनाइ छ । 

विभागले राति कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्