site stats
बाह्रखरी :: Baahrakhari
देश
यात्रुको सामान खोसेर जबरजस्ती आफ्नो गाडीमा चढाउन खोज्ने चारजना पक्राउ

काठमाडौं । कास्की प्रहरीले यात्रुहरूलाई जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा–९ बसपार्क बस्ने २६ वर्षीय सागर क्षेत्री, पोखरा–३२ बस्ने २४ वर्षीय राजन खत्री, पोखरा–१४ खाल्टेमशिना बस्ने १९ वर्षीय सुनिल मल्ल र पोखरा–१५ बस्ने १९ वर्षीय अमृत सुनार रहेका छन् ।

Argakhachi Cement Island Ad

प्रहरीका अनुसार उनीहरूले आइतबार पोखरास्थित पृथ्वीचोक बसपार्कमा सार्वजनिक सवारी साधनमा चढ्ने क्रममा यात्रुहरूलाई जबरजस्ती आफ्नो गाडीमा चढाउने तथा उनीहरूको इच्छाविपरीत झोला समेत खोसाखोस गर्ने काम गरेका थिए ।

सर्वसाधारणलाई हैरान पारेर अभद्र व्यवहार गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्वको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २३:०३
प्रतिक्रिया दिनुहोस्