site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोध मात्रै : कानुनमन्त्री गुरुङ
फाइल तस्बिर ।

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोध मात्रै हुने गरेको बताएका छन् । 

नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार चितवनमा गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । 

उनले भने, “न्यायालय स्वतन्त्र हुनुपर्छ । स्वतन्त्र रहेको भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न पाउनु हुँदैन ।”

वर्तमान गठबन्धनको सरकार भएपछि मुलुक अफ्ठ्यारो अवस्थाबाट ट्रयाकमा आउन खोजेको पनि बताए । 

"वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण रहेपनि वर्तमान सरकार भएपछि मुलुक अफ्ठ्यारो अवस्थाबाट ट्रयाकमा आउन खोजेको तर पूरै राम्रो भने भइसकेको छैन," उनले भने । 

उनले सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरिरहेको बताउँदै राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने नगर्ने स्पष्ट पारे । 

कांग्रेसका उपसभापति मन्त्री गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए ।  

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्