site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पर्यटन बोर्डको कार्यकारी सदस्य सचिवमा मिलन देवकोटा

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्य सचिवमा मिलन देवकोटा नियुक्त भएकी छन् ।

बोर्ड कार्यकारी समितिको गत बुधबार बसेको बैठकले हाल कार्यकारी प्रमुख रिक्त रहेको भन्दै उनलाई कामकाजको जिम्मेवारी दिएको हो ।

पर्यटन बोर्ड ऐन, २०५३ को दफा ९ को उपदफा (४) बमोजिम उनलाई बढीमा तीन महिनाका लागि सदस्य सचिवमा नियुक्त गरिएको बोर्डले जनाएको छ ।

Paryatan-Board-a-1707479956.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्