site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वाञ्चल विश्वविद्यालयले माग्यो उपकुलपतिमा आवेदन

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको हो ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको समितिले जनाएको छ । 

इच्छुक तथा योग्य व्यक्तिले १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयमा दरखास्त पेस गर्नसक्ने बताइएको छ । 
p-1707181587.JPG
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०६:४८
प्रतिक्रिया दिनुहोस्