site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
इल्याको ‘मिसर’लाई ‘पवन आलोक नियात्रा पुरस्कार’को घोषणा

काठमाडौं । नियात्रा समाज नेपालले वि.सं. २०७९ सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ साहित्यकार इल्या भट्टराईको नियात्रासंग्रह ‘मिसर’लाई प्रदान गर्ने निर्णय गरेको छ । 

समाजका अध्यक्ष प्रतीक ढकालको संयोजनमा संस्थापक पवन आलोक र साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मिलित छनोट समितिले उक्त निर्णय गरेको ढकालले जनाएका छन् ।

Argakhachi Cement Island Ad

नियात्राकार पवन आलोकको नाममा उनकी धर्मपत्नी रेखा कँडेलले स्थापना गरेको यस पुरस्कारका साथ नगदराशि २५ हजार रुपैयाँ प्रदान गरिन्छ । 

यसअघि नियात्राकारहरू दामोदर पुडासैनी ‘किशोर’ र भीष्म उप्रेतीका कृतिहरू पुरस्कृत भइसकेको छ । 

ढकालका अनुसार घोषित पुरस्कार आउँदो फागुन २ गते श्रीपञ्चमीका दिन एक समारोहकाबीच समर्पण गरिने छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २३:४५
प्रतिक्रिया दिनुहोस्