site stats
बाह्रखरी :: Baahrakhari
देश
माल्टा पठाउने भन्दै सवा ६ लाख रुपैयाँ लिएर फरार भएका प्रकाश गुरुङ पक्राउ

काठमाडौं । माल्टा पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका–१३ का ३८ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको हो । उनी काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–१ स्थित सुन्दरबस्तीमा बस्दै आएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गुरुङले दिपकराज कँडेललाई आठ लाख रुपैयाँमा वैदेशिक रोजगारीका लागि माल्टा पठाउने आश्वासन दिएका थिए । उनले माल्टामा प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने बताएका थिए ।

Argakhachi Cement Island Ad

त्यसका लागि पीडितबाट पटकपटक गरी ६ लाख १८ हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन भएका थिए । उनलाई प्रहरीले मंगलबार नयाँ बानेश्चरबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान तथा कारकाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्