site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा एटीएम फोर्दाफोर्दै पक्राउ परे टीकाराम
Argakhachi Cement Island Ad

पोखरा । पोखराको जिरो किलोमिटरमा रहेको एनएमबि बैंकको एटीएम फोर्दाफोर्दै एकजना पक्राउ परेका छन् । 

कास्की प्रहरीले पैसा चोरी गर्ने उद्देश्यले एटीएम तोडफोड गरिरहेको आरोपमा माछापुच्छ्रे गाउँपालिका–९ का टीकाराम पौडेललाई पक्राउ गरेको हो । उनी हाल पोखरा–१७ विरौटामा बस्दै आएका थिए ।

पौडेललाई चोरी उद्योग मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्