site stats
बाह्रखरी :: Baahrakhari
देश
बौद्धमा तास खेलिरहेका पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिका–६, बौद्धमा तास खेलिरहेका पाँचजना पक्राउ परेका छन् ।

बौद्धका ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित पाँचजनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ३२ हजार ६८० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्