site stats
बाह्रखरी :: Baahrakhari
देश
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ 
Argakhachi Cement Island Ad

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । नुवाकोटका रोजिन न्यौपाने सातजनालाई पोर्चुगल पठाइदिन्छु भनेर रकम असुल गरेको आरोपमा पक्राउ परेका हुन् । उनी काठमाडौंका माछापोखरीबाट पक्राउ परेका हुन् । 

न्यौपानेले प्रतिव्यक्ति दश लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । उनले पोर्चुगल पुगेपछि कृषि कम्पनीमा मासिक एक लाख २० हजार रुपैयाँ तलब पाउने जागिर लगाइदिने प्रलोभन देखाएर रकम लिने गरेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्