site stats
बाह्रखरी :: Baahrakhari
देश
तीन दिनसम्म ठूलो वर्षाको सम्भावना छैन : मौसमविद्

काठमाडौं । आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुन सक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उनले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताए । उनका अनुसार काठमाडौंमा आज न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो ।

Argakhachi Cement Island Ad

यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि आज यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिए । आज अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको । 

आज सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताए ।

तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए । यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २३:४१
प्रतिक्रिया दिनुहोस्