site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचन : आठ राजनीतिक दलका ५१ उमेदवार चुनावी मैदानमा 

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । 

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उमेदवार मैदानमा छन् । आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन् । 

सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्याक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उमेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्