site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकामा बनाइने नेपाली सांस्कृतिक भवनका लागि सहयोग गर्न सक्छौँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौंको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन् ।

आज उनीसँग शिष्टाचार भेटका लागि आएका बोल्डर नगरका प्रमुख आरोन ब्रोकेटले आफ्नो नगरमा नेपाली समुदायले सांस्कृतिक भवन निर्माण गर्ने योजना बनाएको बताउँदै यसमा आपसी सहभागिताको विषय उठाएका थिए ।

जवाफमा उनले भने, "हामी दुई नगरका जनताको सम्बन्ध वृद्धि हुने क्रियाकलापलाई जोड दिन चाहन्छौँ ।"

सांस्कृतिक भवनले आपसी सामाजिक क्रियाकलाप आदानप्रदान गर्न सहज हुने विश्वास गरिएको छ ।

भेटका क्रममा ब्रोकेटले नगरबीचको भगिनी सम्बन्धबाट जनताहरू आपसमा नजिक हुने बताए । ब्रोकेटले काठमाडौं महानगरपालिकाले गरेका कामका विषयमा आफूले विभिन्न माध्यमबाट जानकारी पाएको बताउँदै प्रमुख शाहलाई बोल्डर नगरको सहरी व्यवस्थापन अवलोकनका लागि निमन्त्रणा दिए । 

दुई नगरको बीचमा वि.सं. २०७६ वैशाख २९ गते भगिनी सम्बन्ध स्थापना भएको हो । भेटका क्रममा दुई नगरका प्रमुखहरूले हस्ताक्षर गरेर सम्बन्ध नवीकरण पनि गरे ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २३:०८
प्रतिक्रिया दिनुहोस्