site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य मन्त्रालयको ६ महिनाको खर्च २१ प्रतिशत मात्रै 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा २१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । 

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्दै स्वास्थ्य सचिव डा. रोशन पोखरेलले २१ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । 

चालुतर्फ २१.३२ प्रतिशत र पुँजीगततर्फ २० प्रतिशत बजेट खर्च भएको उनले बताए ।

आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपैयाँ रकम विनियोजन गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्