site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तीन गुणा बढ्यो ईभीको आयात : ६ महिनामा १२ अर्बका गाडी भित्र्याइयो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिना (साउनदेखि पुससम्म)मा पाँच हजारभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्र्याइएको छ । भन्सार विभागका अनुसार ६ महिनामा १२ अर्ब ७३ करोड २७ लाख रुपैयाँबराबरका पाँच हजार १०७ ईभी भित्र्याइएको हो ।

त्यसबापत सरकारले पाँच अर्ब ६७ करोड ३५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । यो अवधिमा ५० किलोवाट क्षमतासम्मका दुई हजार ५६ र ५१ देखि १०० किलोवाटका दुई हजार ९७० ईभी नेपाल भित्र्याइएको छ ।

यस्तै, २०० किलोवाट क्षमताका ६८ र त्यसभन्दा माथिका १३ बिजुली गाडी नेपाल भित्र्याइएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० को यसै अवधिमा एक हजार ७४९ ईभी नेपाल भित्र्याइएको थियो । चालु आवको तुलनामा यो करिब तीन गुणा कम हो ।

त्यति बेला भित्र्याइएका चार अर्ब ९२ करोड ९१ लाख रुपैयाँबराबरका गाडीबाट सरकारले एक अर्ब ३३९ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्