site stats
बाह्रखरी :: Baahrakhari
देश
हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ 

काठमाडौं । हुन्डी र सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागकाे टाेलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो । 

क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार अग्रवाल कपडा व्यवसायी पनि हुन् ।  

ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ । 

“अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सीका कारोबारी भएको बुझिएको छ । पछिल्लो समय हुन्डी कारोबारी क्रिप्टोमा पनि जोडिने गरेको पाइएको छ,” निर्देशक ढुंगाना भन्छन्, “उनको संलग्नता के–केमा छ, अनुसन्धानबाट थप प्रष्ट होला ।”
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्