site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचनसम्बन्धी विधेयक संसद्‌मा पेस गर्ने सरकारको निर्णय 

काठमाडौं । सरकारले निर्वाचनसम्बन्धी विधेयक संसद्‌मा पेस गर्ने निर्णय गरेको छ । 

आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न विधेयक संसद्‌मा पेस गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई एकीकृत गर्नेगरी विधेयकको मस्यौदा गृह मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयको प्रस्तावमा सदनमा लैजाने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्