site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिविमा माघ १५ देखि अनलाइनबाटै शैक्षिक प्रमाणपत्र पाइने !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीले दिएको अनलाइन आवेदनका आधारमा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने भएको छ ।

मंगलबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सूचनामार्फत माघ १५ गतेदेखि अनलाइनबाट शैक्षिक प्रमाणपत्र उपलब्ध गराइने बताएका हुन् ।

सूचनामा ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि र त्रुटि सच्याउने कामसमेत अनलाइन आवेदन दिएर गर्न सकिने उल्लेख छ । शुल्कसमेत अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने छ ।

अनलाइन प्रणालीसम्बन्धी विस्तृत विवरण माघ १० गते वेबसाइटमार्फत सार्वजनिक गरिने परीक्षा नियन्त्रकको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्