site stats
बाह्रखरी :: Baahrakhari
देश
तुलसीपुरको प्लास्टिक गोदाममा आगलागी

दाङ । तुलसीपुर बजारको अरनिको मैदान नजिकै रहेको एक गोदाम घरमा आज राति साढे आठ बजेतिर आगलागी भएको छ । तुलसीपुर–५ का व्यवसायी प्रमोद सोनीको प्लास्टिक गोदाम घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी स्थानीय लागेका थिए ।

आगलागी भए लगत्तै तुलसीपुर उपमहानगरपालिकाको दमकल र स्थानीयका पानी ट्याङ्करको सहायता लिएको थियो । गोदाम नजिकका घरमा रहेकाहरूलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षितरूपमा बाहिर ल्याइएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २२:०९
प्रतिक्रिया दिनुहोस्