site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको प्राथमिकता सरकार होइन : शंकर पोखरेल
फाइल तस्बिर ।

बाँके ।  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।”

वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन उनले सुझाव दिए ।

कम्युनिस्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, “विगतमा सकारात्मक सोचका साथ पार्टी एकता भएको थियो । तर सफल हुन सकेन, अब नेता नेताको असफल एकताको पछि होइन, कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्न लागिपरेका छौँ ।” रासस

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २१:४९
प्रतिक्रिया दिनुहोस्