site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिले संसदीय दलका नेतालाई शीतलनिवास बोलाए
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै संसदीय दलका नेताहरूलाई शीतलनिवासमा बोलाएका छन् ।

माघी पर्वका अवसरमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई आज बिहान ११ बजेका लागि निम्ता दिएका हुन् ।

माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिने बताइएको छ ।

आज माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्