site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमले पुसमा किस्ताबापत तिर्‍यो ५३ करोड रुपैयाँ

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापत पुसमा मात्र ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । 

निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा कोषबाट लिएको ऋणको किस्ताबापत आइतबार ५३ करोड ९ लाख ५५ जहार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

न्यारोबडी जहाजको पूरै र वाइडबडी जहाजको आंशिक किस्ताबापतका रकम भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

पौडेलका अनुसार निगमले हालसम्म चार अर्ब ८३ करोठ ५७ लाख ३१ हजार ६८७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्