site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा तास खेलिरहेका नौजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्कीमा जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । शनिबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पोखरा महानगरपालिका–८, न्युरोडमा बस्दै आएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ की दीपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा नौजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दीपा र अरू आठजनालाई नगद एक लाख २२ हजार १७५ रुपैयाँ र चार बुक ताससहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १२:३३
प्रतिक्रिया दिनुहोस्