site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीको सभामुखमा राप्रपाका विष्ट निर्वाचित

विराटनगर । कोसी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्वाचित भएका छन् ।

कोसी प्रदेशसभाको आज बसेको बैठकले विष्टलाई सर्वसम्मत रूपमा सभामुख चयन गरेको हो । त्यस सम्बन्धमा सभाले आजै निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । 

विष्टलाई सभामुख बनाउन राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावलाई राप्रपा सांसद प्रेमराज थाम्सुहाङले समर्थन गरेका थिए । उनको प्रस्ताव दलहरूले सर्वसम्मतिले पारित गरेको हो ।

सभाले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार सभामुखमा विष्टको मात्र मनोनयन परेको थियो ।

गठबन्धनको सरकार गठन प्रयोजनका लागि तत्कालीन सभामुख बाबुराम गौतमले साउन १६ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । उनको प्रस्तावलाई राप्रपा सांसद प्रेमराज थाम्सुहाङले समर्थन गरेका थिए । 

 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्