site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा एमालेका अधिकारी र कोइरालाले गराए  उमेदवारी दर्ता 

विराटनगर । कोसीबाट राष्ट्रियसभा सदस्य पदका लागि नेकपा (एमाले)ले उमेदवारी दर्ता गराएका छन् । 

भोजपुरका परशुराम अधिकारी र सुनसरीकी रुक्मिणी कोइरालाले सोमबार कोसी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा उमेदवारी दर्ता गराएका हुन् । 

अधिकारीको प्रस्तावकका प्रदेशसभा सदस्य सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन् ।‌ यसैगरी कोइरालाको प्रस्तावक रामप्रसाद मेहता र समर्थक शिला दीक्षित कार्की छन् ।

गठबन्धनबाट कांग्रेसका पूर्वमहामन्त्री झापाका कृष्णप्रसाद सिटौला र महिलामा माओवादीका केन्द्रीय सदस्य ओखलढुंगाकी चम्पादेवी कार्कीले उमेदवारी दर्ता गरिसकेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्