site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हामीलाई ४ बजे बोलाइयो, सभापति अझै बैठक हलमा छिर्नुभएन : केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उमेदवार चयनका लागि बोलाइएको संसदीय बोर्डको बैठक नै बस्न नसकेको बताएका छन् ।

शेखर कोइराला निकट केसीले आफूहरूलाई बैठकका लागि आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको तर सभापति अझै बैठक हलमा प्रवेश नगरेको बताए ।

आइतबार राति सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा उनले भने, "अहिलेसम्म केही भएको छैन । बोलाएको अपराह्न ४ बजे हो, अहिले रातिको ११ बजिसक्यो । सभापति बैठक हलमा प्रवेश गर्नुभएको छैन । बैठक चलेको छैन, भएको अहिलेसम्म त्यति हो ।"

उनले आफूहरू अझै बैठकको प्रतीक्षामा बसेको पनि बताए । "हामी प्रतीक्षा गर्न थाक्दैनौँ । थकाउने कोसिस हो भने त्यो निरर्थक हो," उनले भने ।

उनले पुस १४ गते पार्टीको केन्द्रीय कार्यसमितिले गरेको निर्णयअनुसार नयाँ अनुहारलाई मौका दिनुपर्ने आफूहरूको माग रहेको पनि बताए । कसैलाई बाध्यतावश समेट्नुपर्ने भए गुण र दोषका आधारमा निर्णय लिइनुपर्ने उनले बताए ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  २३:३२
प्रतिक्रिया दिनुहोस्