site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रूपान्तरण अभियानले जनतामा आशा पलाएको छ : प्रवक्ता सापकोटा 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिनासम्म चलेको रूपान्तरण जनतामा आशा पलाएको बताएका छन् । 

सोमबार सकिएको रूपान्तरण अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले कार्यकर्तामा जागृति आएको बताए । अभियानका क्रममा पहिले बनेका ठाउँको संगठन सुदृढ भएको उनको भनाइ छ ।

त्यस्तै, पार्टी प्रवेश, नवीकरणलगायत काम भएको जानकारी दिए । जनता पार्टीप्रति आकर्षित भएको उनले बताए । 

“जनता हामीतिर फर्केका छन् । उहाँहरूका गुनासा छन् । तपाईंहरू फेरि आउनुपर्छ भन्ने छ,” सापकोटाले भने ।
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्