site stats
बाह्रखरी :: Baahrakhari
देश
डोजर पल्टिँदा चालकको मृत्यु
Argakhachi Cement Island Ad

चैनपुर । जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति १० बजे पुरानो बसपार्कमा डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिए । 
 
जेसीबी बसपार्कबाट जयपृथ्वी नगरपालिका कार्यालयतर्फ जाँदै गर्दा सडकबाट २० मिटर तल खसेको थियो । चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  छ । रासस

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्