site stats
बाह्रखरी :: Baahrakhari
देश
बालकुमारी घटनाको विरोधमा सुर्खेतमा प्रदर्शन

काठमाडौं । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको घटनाको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा आइतबार प्रदर्शन भएको छ ।

युवा विद्रोह जनसंघर्ष समितिको नेतृत्वमा विभिन्न माग राख्दै युवाहरूले वीरेन्द्रनगरमा टायर बालेर चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, मृत्यु भएका युवालाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्नेसहितका माग राखेका छन् ।

आफूहरूको माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने उनीहरूको अडान छ ।

शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस कार्यालय अगाडि भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्