site stats
बाह्रखरी :: Baahrakhari
देश
बालकुमारी घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड 
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले घटनामा मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा समेत गरे । 

उनले घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिए ।

शनिबारदेखि काठमाडौंमा सुरु भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताए । 

उनले ईपीएस परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीले पनि उक्त परीक्षामा सहभागी हुन पाउने अदालतले आदेश दिएपछि परिस्थितिलाई सहज बनाउन पनि आग्रह गरे । 

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको विषयमा सरकार संवेदनशील रहेको बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्