site stats
बाह्रखरी :: Baahrakhari
देश
मन्त्रीको गाडीमा आगजनी गर्ने १८ जना पक्राउ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फारम भर्न नपाएको भन्दै आज (शुक्रबार) केही युवाले ललितपुरको बालकुमारीमा गाडीमा आगजनी गरेका थिए । 

घटनापछि प्रहरीले चलाएको गोली लागेर दुई युवा घाइते भएका छन् । एकजनाको पाटन अस्पताल र एकको किस्ट अस्पतालमा उपचार भइरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्