site stats
बाह्रखरी :: Baahrakhari
देश
यस्तो हुनेछ आजको मौसम 
फाइल तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ । 

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हुस्सु/कुहिरो लागेको छ ।

Argakhachi Cement Island Ad

विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्