site stats
बाह्रखरी :: Baahrakhari
देश
उल्लेखनीय मौसमी प्रणाली नहुँदा कस्तो हुनेछ मौसम ?
फाइल तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहनेछ । 

Argakhachi Cement Island Ad

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागले आज नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको बताएको छ । 

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्