site stats
बाह्रखरी :: Baahrakhari
देश
कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु 
Argakhachi Cement Island Ad

पोखरा । कारले ठक्कर दिँदा पोखरामा दुई पैदलयात्रीको मृत्यु भएको छ । गएराति पोखराको बाग्लुङ बसपार्कबाट जिरो किमि जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पर्स्याङमा पैदल यात्रीलाई ठक्कर दिएको थियो । 
 
कास्की प्रहरीका अनुसार कारको ठक्करबाट बाग्लुङको ढोरपाटन नगरपालिका ६ घर भै पोखरा नदिपुर बस्ने ढालेन्द्र छन्त्याल र परिचय नखुलेका अर्का पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । 

छन्त्याल २० वर्षका हुन भने अर्का पुरुषको उमेर ३५ वर्ष रहेको प्रहरीको अनुमान छ । 

घाइते उनीहरुलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्