site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
देशका विभिन्न सहरमा पुग्यो शिवम् सिमेन्टको 'शिवम् सन्देश'

काठमाडौं । शिवम् सिमेन्ट जानकारीमूलक 'शिवम् सन्देश' देशका विभिन्न सहरमा पुगेको छ । 'गुणस्तरीय, सुरक्षित र जुगौँजुग रहिरहने' घर निर्माणका लागि जनचेतनामूलक भिडियो सन्देश लिएर शिवम् सिमेन्टले इटहरी हुँदै जनकपुर, नारायणगढ, हेटौडा, रगञ्जलगायतका सहरमा प्रचारप्रसार गरेको हो ।

प्रमोटर राखी चोक–चोकमा स्ट्यान्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, क्यूआर स्क्यान तथा अन्य क्रियाकलाप गरी शिवम् सन्देश प्रचारप्रसार गरेको कम्पनीले जनाएको छ ।

यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरू बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्त्वपूर्ण जानकारीहरू समावेश गरिएको कम्पनीले बताएको छ ।

घर बनाउने जग्गाको छनोट गर्ने बारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्‍याउने आदि जस्ता थुप्रै अति उपयोगी जानकारी समेटिएको शिवम् सन्देशले 'भरोसा अटुट सम्बन्धको' भन्ने शिवम् सिमेन्टको नारालाई अझै उचाइमा पुर्‍याएको कम्पनीको दाबी छ ।

भूकम्प र बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्त्व कति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने ? जस्ता जटिल लाग्ने प्रश्नहरूको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरू 'शिवम् सन्देश'मा समेटिएको कम्पनीले जनाएको छ ।

सन् २००३ मा हेटौँडामा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्टको उत्पादन गरिरहेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्