site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : एपीएफको विजयी सुरुआत 

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबले सुखद सुरुआत गरेको छ ।

बिहीबार मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशविरुद्ध ९ विकेटको सहज जित निकालेको हो । 

सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । 

एपीएफी ओपनर ज्योति पाण्डेले ४९ रन बनाइन् । इन्दु वर्माले ३१ रन थपिन् । एपीएफकी कप्तान सीताराना मगर भने चार रनमा आउट भएकी थिइन् ।

सुदूरपश्चिमका लागि एकमात्र विकेट ईश्वरी विष्टले लिइन् । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रनको योगफल खडा गरेको थियो । 

सुदूरपश्चिमकी कविता जोशीले २२ रन बनाइन् । सम्झना खड्काले १२ रन थपिन् । यसबाहेक, अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपीएफकी सोनु खड्काले दुई विकेट लिइन् । सुमन विष्ट, करुणा भण्डारी र इन्दु वर्माले एक–एक विकेट लिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । राउन्ड रोबिन लिग पद्धतिमा सञ्चालित प्रतियोगिताको शीर्ष चार टिम प्लेअफमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्