site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको तापक्रम यो वर्ष अहिलेसम्मकै कम
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकमा उल्लेख छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ ।  

यो वर्ष यसअघि हिजो (मंगलबार) पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

आज जुम्लाको न्यूनतम तापक्रम माइनस ४.७, डडेलधुराको २.७, दिपायलको ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०९:१३
प्रतिक्रिया दिनुहोस्